add

६२४ पालिकाको गणना सकियो, कुन दलले कति जिते ?






ActPro Nepal

|

६ जेठ, २०७९

|
947

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ७ बजेसम्म ६२४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

वैशाख ३० गते भएको मतदानको पछिल्लो मतपरिणाम अनुसार सबैभन्दा धेरै स्थानीय तहमा २७७ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले १७४ पालिका प्रमुखमा जित हासिल गरेको छ । त्यस्तै तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहको छ । माओवादीले अहिलेसम्म १११ स्थान जितेको छ । 

यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुखमा अग्रस्थानमा रहेको कांग्रेस उपप्रमुखतर्फ पनि अग्रस्थानमा नै रहेको छ । कांग्रेसले २५३, एमालेले १९५, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २० पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ ठाउँमा जितेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.