काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ । मंगलबार राति हैदरावादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । यस्तै, टिम डाभिडले ४६ रन जोडे । हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गर्यो ।
हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए । प्रियम गार्गले ४२ रन जोडे । मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । छैटौं जितसँगै हैदरावादले १३ खेलबाट १२ अंक जोडेर आठौं स्थानमा छ । प्रतियोगितामा दशौँ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।