add

१०० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ को निर्वाचित?






ActPro Nepal

|

२ जेठ, २०७९

|
732

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मुलुकभरका ७५३ स्थानीय तहमध्य सोमबार मध्याह्नसम्म करिब एक सय स्थानीय तहको नतिजा सार्वजनिक भएका छन्। 

हालसम्म प्राप्त नतिजाअनुसार कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा विजय प्राप्त गरेको छ भने एमाले दास्रो स्थानसहित कांग्रेसलाई पछ्याइरहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। 

कांग्रेसले सयमध्य ४० स्थानीय तहको प्रमुख जितेको छ भने एमालेले ३५ र माओवादी केन्द्रले २४ स्थानीय तहमा प्रमुख पद जितेको छ। त्यस्तै एकीकृत समाजवादीले दुई स्थानीय तहमा प्रमुख जितेको छ। 

कांग्रेसले ४६ स्थानीय तहको उपप्रमुख जितेको छ भने एमाले र माओवादी केन्द्रले क्रमशः ३२ र १६ स्थानीय तहको उपप्रमुख पद जितेको छ। त्यस्तै एकीकृत समाजवादीले ५ र जसपाले २ स्थानीय तहको उपप्रमुख जितेको छ । 

साढे २ सय स्थानीय तहमा कांग्रेसको अग्रता 

मतगणना जारी रहेका स्थानीय तहमध्य २५८ कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । त्यस्तै १४२ स्थानीय तहमा एमाले र ९६ स्थानीय तहको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। एकीकृत समाजवादीका उम्मेदवारले १८ स्थानीय तहमा अग्रता लिएका छन्। 

त्यस्तै २१३ स्थानीय तहको उपप्रमुख पदमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । एमाले र माओवादी केन्द्रले क्रमशः १८२  र ११५ स्थानीय तहको उपप्रमुख पदमा अग्रता लिएका छन् भने एकीकृत समाजवादी र जनता समाजवादीले क्रमशः १५ र २७ स्थानीय तहको उपप्रमुखमा अग्रता लिएका छन्। 

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि 

१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी

२.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी

३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी

४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी

५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी

६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी

७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी

८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी

९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया

११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की

१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू

१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी

१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद

१५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही

१६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ

१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा

१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल

१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती

२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ

२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत

२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा

२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

२४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद

२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम

२६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ

२७. म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी

२८. अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल

२९. प्युठानको ऐरावती गाउँपालिका: नवीलविक्रम शाह

३०. डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का

३१. धनकुटाको सागुरीगढी गाउँपालिका: अध्यक्ष जीतेन्द्र राई

३२. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत

३३. बझाङको मास्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा

३४.सर्लाही धनकौल गाउँपालिका: अध्यक्ष रामश्रेय साह

 नेकपा एमाले विजयी भएका पालिकाहरू:

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी

२. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी

३.  मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी

४.  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी

५.  मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी

६.  डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी

७.  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी

८.  बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी

९.  नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी

१०. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी

११.  मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन

१२.  म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा

१३.  तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ

१४.  दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर

१५. स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर

१६. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द

१७.  दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी

१८.  नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी

१९.  रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ

२०. इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई

२१. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू

२२. मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा

२३. डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा

२४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई

२५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ

२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा

२७. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा

२८.  तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष

२९. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी

३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने

३१. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू:

१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी

२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी

१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी

१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

१८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू

२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी

२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.