add

बेलकोटगढी नगरपालिका प्रमुखमा राप्रपाको लिड, गठबन्धन र एमालेका उम्मेदवार पछि परे






ActPro Nepal

|

१ जेठ, २०७९

|
1391

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले लिड गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संयुक्त गठबन्धन र नेकपा एमालेलाई समेत चुनौती दिँदै राप्रपाले अग्रता लिएको हो।

राप्रपाका युवराज पाण्डेले ३३५ मतसहित लिड गरिरहेका छन् ।  यता गठबन्धनका साझा उम्मेदवार जगत लामाले २९१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ३१२ मत पाएका छन् । 

यस्तै यता उपमेयरतर्फ गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शिव दाहालले ३०८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने एमालेका रुपा सापकोटाले २८४ र राप्रपाका यशोदा दाहालले १४७ मत पाएकी छिन् । नगरपालिकाको वडा नम्बर २ र १३ को मतगणना जारी रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.