add

बालेनले लिए हजारभन्दा बढीको अग्रता,कसले कति मत पाए ?






ActPro Nepal

|

१ जेठ, २०७९

|
925

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्। 

सार्वजनिक प्रारम्भिक मत परिणाममा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले एक हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

सुरुवाती गणनादेखि नै अग्रता लिएका बालेनले दोस्रो स्थानका एमालेका उम्मेदवार केशव स्थापितभन्दा एक हजार ३० बढी मत ल्याएका छन् ।

हालसम्म बालेनले २४५७ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका स्थापितले १४२७ मत ल्याएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ११६८, राप्रपाका मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुमन सायमीको समान १६५ मत छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.