add

१२ अंकले बढ्यो नेप्से, १ अर्ब ३९ करोडको कारोबार






ActPro Nepal

|

२६ वैशाख, २०७९

|
608

काठमाडौं ।सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक १२।२७ अंकले उकालो लाग्दा नेप्से विन्दु २२ सय ६८ मा पुगेर रोकिएको हो ।

सोमबार बजारमा कारोबार भएका समुहमध्ये होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा र म्युचुअल फण्ड बाहेकका समुहहरु उकालो लागेका छन् ।

आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा बढी लघुवित्त समुहको परिसुचक रहेको छ ।

आज लघुवित्त समुहको परिसुचक ६०,बीमा समुह ५७, बजारमा सबैभन्दा बढी प्रभुाव पार्ने बैंकिङ समुहको परिसुचकमा आज १४ अंक तथा जलविद्युत समुहको परिसुचक १२ अंकले बढेको छ ।

सोमबार २ सय २२ कम्पनीका ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयरबाट १ अर्ब ३९ करोड ६ लाख ७ हजार कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.