add

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार






ActPro Nepal

|

१५ वैशाख, २०७९

|
738

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२६ कम्पनीको १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँ बराबरको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ ।

आज कारोबार भएकामध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । विहिवार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको सवा ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी ५ करोड र एनसीसी बैंक पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज गुह्वेश्वरी मर्चेन्टका सेयरधनीले सबैभन्द्या धेरै ३.९८ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, गणपति लघुवित्त ३.८३, महुली लघुवित्त ३.७३, पाँचथर पावर ३.७१, किसान लघुवित्त ३.६७, सिभिल लघुवित्त, मिथिला लघुवित्त र सेन्टर फाइनान्स ३.६४, एशियन लाइफ, प्रोग्रेसिभ फाइनान्स र जानकी फाइनान्सको शेयरमूल्य प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.