add

३५ हजार २२१ पदका लागि १ लाख ३६ हजार २६९ जना प्रतिस्पर्धामा






ActPro Nepal

|

१३ वैशाख, २०७९

|
951

काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी  १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्ताको  संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । 

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आज  उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.