add

नेपाली सेनाले माग्यो समाचार सम्पादक र वाचक






ActPro Nepal

|

५ वैशाख, २०७९

|
869

काठमाडौं । नेपाली सेनाले प्राविधिक उप सेनानी पदका लागि अधिकृत तहमा समाचार सम्पादक र वाचक माग गरेको छ ।

सेनाले खुलातर्फ दुई जना र आदिवासी, जनजातिमा एक जना गरी तीन जना प्राविधिक उप सेनानी पदका लागि अधिकृत तहमा समाचार सम्पादक र समाचार वाचक मागेको हो ।

सेनाले उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता आम सञ्चार तथा पत्रकारीतामा स्नातक गरेको तोकेको छ । सेनाका अनुसार इच्छुक उम्मेदवारले आउँदो वैशाख १३ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुरमा वैशाख २० गते कार्यालय समयभित्र दरखास्त दिन पाउँनेछन् ।

छनोट भएका उम्मेदवारले सेनाको मिडियामा कार्य गर्नुपर्ने छ । कार्यक्षेत्र जंगी अड्डा भद्रकालीमा हुने सेनाले जनाएको छ । थप जानकारीका लागि नेपाली सेनाको वेवसाइटमा गएर हेर्न सकिनेछ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.