add

शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब ५३ करोडको कारोबार






ActPro Nepal

|

५ वैशाख, २०७९

|
605

काठमाडौं ।शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२९ कम्पनीको १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५५ रुपैयाँ बराबरको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । धेरै गुमाउने फाइनान्स र निर्जीवन बीमा समूहका लगानीकर्ता रहेका छन् यी दुवैको शेयर मूल्य ३.४४ र ३.९ प्रतिशत घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७३७.७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नविल बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा हिमालय डिस्ट्रीलरीको ४ करोड ९२ लाखको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाखको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.