काठमाडौं । स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्न लागेको हो। आज बिहान ९ बजे बैठक बस्ने तयारी रहेको जनाइएको छ।
आइतबार पनि सत्तारुढ गठबन्धनको बैठक बसेको थियो। आइतबारको बैठकले आज तालमेल मिलाउने सहमति गरेको थियो।
देशभर ६ महानगरपालिका र ११ उपमहानगरपालिका छन्।। यसमा तालमेल मिलाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा चुनावी तयारी तथा अनुगमन समिति गठन गरिएको थियो।
समितिले तयार गरेको प्रस्तावअनुसार, आज गठबन्धनको बैठकमा तालमेल मिलाउन छलफल हुने जनाइएको छ। आइतबार पनि त्यसमाथि छलफलल भएको थियो।
गठबन्धनमा रहेका दलले काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई दिने र अन्य तीन महानगरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई दिनुपर्ने प्रस्ताव गरेका छन्।
माओवादीले भरतपुर महानगर र एकीकृत समाजवादीले पोखरा महानगरको दाबी गरेको छ। त्यस्तै, जसपाले वीरगञ्ज महानगरको दाबी गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.