add

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन तीन महासंघको आग्रह






ActPro Nepal

|

४ वैशाख, २०७९

|
1180

काठमाडौं । सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामूहिक रुपमा अग्रह गर्ने निर्णय गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा बसेको तीन महासंघको संयुक्त बैठकले आपूर्तिको बैकल्पिक व्यवस्था अवलम्वन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुवाहेक अन्यवस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत सताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ ।

आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आवद्ध २० औं हजार ब्यवसायी तथा लाखौं कालिगढको रोजिरोटी नै संकटमा पर्न सक्ने तथा आम उपभोक्ताको अधिकार कुण्ठित हुन जाने भएको भन्दै तीन महासंघले त्यो अवस्था आउन नदिन आपूर्तिको अन्य विकल्प खोज्न सरकारसँग आग्रह गर्ने भएका हुन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको संचिती घटेको अहिलेको अवस्थामा बैंकहरुवाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई सुचारु राख्न बैकल्पिक ब्यवस्था अलवम्वन गर्नु पर्ने खाँचो औंल्याए ।

बिदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्नेगरी आन्तरिक स्रोत र अन्य वैकल्पिक ब्यवस्था अवलम्वनगरी अहिलेको गर्जो टार्न सकिने उनको भनाई छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी ब्यवसायी र आम उपभोक्ता सवैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोज्नुपर्ने बताए ।

यस्तै नेपाल हस्तकला ब्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फि समस्या आएको भन्दै त्यसको निरारणकालागि तीनैवटा संस्था संयुक्तरुपमा लागि पर्नुपर्ने खाँचो औंल्याए ।

सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनैवटा छाता संस्थाको तर्फवाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानकालागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले बताए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघ र नेपाल हस्तकला ब्यवसायी महासंघक सु्नचाँदीको क्षेत्रमा काम गर्ने छाता संस्था हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.