add

शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसुचक २३८५ अंक पुग्दा १ अर्ब ४४ करोडको कारोबार






ActPro Nepal

|

४ वैशाख, २०७९

|
383

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको ३४ लाख ७ हजार २७१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८८.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्।

हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने इमर्जिङ कम्पनीको ७ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण भ्यालीको ४ करोड ८६ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.