add

यस्ता छन् गर्मी समयमा दही खानुका फाइदा






ActPro Nepal

|

४ वैशाख, २०७९

|
1418

काठमाडौं । हिन्दु धर्म अनुसार दहीलाई शुभ संकेतको रूपमा लिइन्छ ।

नेपाली परम्परा अनुसार कुनै सुभकार्यमा दहीलाई अनिवार्य बनाइएको हुन्छ । दहीलाई स्वास्थ्यका लागि पनि निकै फलदायक मानिन्छ । यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ । पाचन सम्बन्धि समस्याका लागि दही निकै राम्रो मानिन्छ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ । 

गर्मीमा शरीरलाई शितल बनाउने दहीको घोल बनाएर मोही पिउँदा शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन मोहीले ठूलो भूमिका खेल्छ । कुनै व्यक्ति स्वस्थ छ भने उसको सौन्दर्य त्यसै नै बढ्छ । दही र मोही स्वादको हिसाबले मात्र नभएर स्वस्थ रहन र विभिन्न किसिमका समस्याहरूलाई समाधान गर्न उपयोगी मानिन्छन् । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाहरूको हाडको लागि नभई नहुने क्याल्सियम दहीमा पाइन्छ ।

दही र मोहीमा हुने क्याल्सियमले कुपोषित बच्चा तथा बिरामी भएर तङ्ग्रिन सुरू गरेका बालबालिका सबैका लागि विशेष फाइदा गर्छ ।

दही खानुका फाइदाहरू

- पाचन शक्ति मजबुद

पाचन शक्ति बढाउनका लागि गर्मीमा दहीको नियमित सेवन गर्नु शरीरका लागि निकै फाइदाजनक हुन्छ । दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ । दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्दत गर्छ । जुन मानिसहरूलाई भोक कम लाग्छ ती मानिसहरूलाई दही खुवाउने गरे भोक प्रशस्त मात्रामा लाग्ने गर्छ। 

- पेटको जलनमा कमी

गर्मीको समयमा दहीको लस्सी बनाएर पिउनाले पेट पोल्ने समस्या समाधान हुन्छ । दहीमा पाइने किटाणुले पेटमा रहेका हानिकारक कीटाणुलाई नष्ट गर्न मद्दत गर्छन् ।

कतिपय व्यक्तिहरूलाई एन्टिबायोटिकको प्रयोग गर्दा दिसा–पखाला लाग्ने गर्छ । यसबाट बच्न दहीको प्रयोग अत्यन्त लाभदायक हुन्छ । दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी मानिन्छ । 

- मुटुको समस्यामा फाइदा 

दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ । यसले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्धत गर्छ । 

- बलियो हाड 

दहीमा पाइने क्याल्सियमका कारण दहीको प्रयोगले हाड तथा दाँतलाई मजबुत बनाउन सहयोग गर्छ । शरीरको हाड बलियो भएपछि यसले मांशपेशीलाई बलियो गरी बाँधेर राख्छ, जसले शरीरलाई थप बलियो बनाउँछ । 

- जोर्नीको दुखाईमा कमी 

जोर्नीको दुखाईलाई कम गर्नका लागि दहीको प्रयोग निकै फाइदाजनक हुन्छ । 

- तौल बढाउन 

पातलो व्यक्तिहरूले दहीमा किशमिश, बदाम, छोकडा मिसाएर खाने गरे तौल बढ्छ । 

- रोग प्रतिरोधक क्षमता बढाउन 

दहीले रोग प्रतिरोधात्मक क्षमतामा वृद्वि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । दाँतसँग सम्बन्धित रोगहरूलाई पनि यसले फाइदा गर्छ । 

- पसिनाको दुर्गन्ध कम गर्न 

गर्मीमा पसिना निकै आउने गर्छ । यस्तोमा दही र बेसनको मिश्रणले मालिस गरेर केहीबेर पछि नुहाउनाले पसिनाको दुर्गन्ध हराउँछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.