add

श्रीराम तारक ब्रम्ह पीठ चतराधाममा वासन्तीय नवरात्र ‘रामनवमी’ महोत्सव मनाइयो






ActPro Nepal

|

२९ चैत, २०७८

|
1368

काठमाडौं । जगद्गुरु रामानन्दाचार्य सेवा पीठहरुको मुल गद्दीमा श्रीराम तारक ब्रम्ह पीठले विभिन्न कार्यक्रम गरि (वासन्तीय नवरात्र) ‘श्रीरामनवमी’ महोत्सव मनाएको छ ।

श्रीरामचरितमानसको संगीतमय पारायणसहित नवाह पारायणको अन्तिमदिन भक्तजनहरु सहभागि भएर विशेष पूजा, ध्यान साधना कीर्तन सहित वासन्तीय नवरात्र ‘रामनवमी’ पर्व मनाएका हुन् ।

जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामाकृष्णचार्य (महायोगी सिद्धबाबा) द्धारा सहस्ररामार्चन तुलसी अपर्ण पूजा र आरती पश्चात जगद्गुरूको मुखारविन्दबाट भगवान् श्रीरामको महिमासहित पीठमा विशेष कार्यक्रम भएको थियो ।

सदगुरूदेवको अनुकम्पा र कृपाले प्राप्त निर्देशन बमोजिम निष्ठा, विधि र भक्तिपूर्वक साधुसन्त र भक्तजनहरुको उपस्थितीमा श्रीरामचरितमानस(पुरै रामायण) लाई ९ दिनमा पारायण गरिएको थियो । उक्त कार्यक्रम नवरात्र चैत १९ देखि २८ सम्म चलेको थियो ।

विश्वलाई परिरहेको संकट, महामारी मात्र नभई भविष्यमा आईपर्ने संकटले ल्याउने क्षति न्यूनिकरणको लागि श्रीरामचरितमानसको संगीतमय नवाहपारायण अनुष्ठानको आयोजन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको जगद्गुरु रामानन्दाचार्य सेवापीठको पेज मार्फत लाइभ प्रशारण भएको थियो । विभिन्न पीठले सदगुरूदेवको अनुकम्पा र कृपाले प्राप्त निर्देशन बमोजिम निष्ठा, विधि र भक्तिपूर्वक यस कार्यक्रम मनाउँदै आईरहेको छ ।

भगवान श्रीरामको प्रकाट्य दिवसको रुपमा मनाइने वासन्तीय नवरात्रको उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ। त्रेतायुगमा दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा महाविष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको मान्यता छ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको बताइन्छ ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.