दिपक घिमिरे काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै देशैभर चुवानी माहोल बढेको छ । धेरै जसो पार्टीबाट उम्मेदवारहरु घोषणा गर्ने क्रम रहेको छ।
जिल्ला, जिल्लामा तीन ठूला दलबाट को को उम्मेदवार होला भनेर चर्चासँगै गठबन्धनै कारण उत्सुकता पनि झनै थपिएको छ।
सबै पार्टीवाट आ-आफ्नो उम्मेदवारको आकांक्षीको लहर चलिरहे पनि गठबन्धनकै कारण युवा नेताहरुको भविष्यपछि थकेलिने देखिन्छ।
जनताको रोजाइ भएपनि गठबन्धनको चेपुवामा ठूला नेता पर्नाले जनतामा नयाँ र केही भिजन भएको नेताले स्थान पाउन हम्मेहम्मे छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बेलकोटगढी नगरपालिकको प्रमुखमा सानै उमेरमा विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरू गरेका दीपक लामाको चर्चा व्यापक रहेको छ।
दलले आधिकारिक रुपमा कोही कसैलाई उम्मेदवार भनेर अघि नसारेपछि कार्यकर्ताबीच सम्भावित उम्मेदवारको चर्चामा लामाको नाम अग्रस्थानमा रहेको देखिन्छ।
राजनीतिमा धेरै भोटो फटाएकादेखि नयाँ पुस्तासम्मको नाम बाहिर आएको छ । जसको चर्चामा छन बेलकोटगढी नगरपालिका वडा नं ७ (साबिकको राटमाटे गाविस) का बासिन्द दीपक लामा।
शिक्षित र सामाजिक काममा अग्रसर युवा उम्मेदार लामा अन्य दाबेदार उम्मेदार भन्दा पृथक विचार बोकेर चुनावी मैदानमा होमिएका छन्।
सााबिकका बेलकोट, कुमरी, दुईपिपल, रातमाटे, जिलिङ र मदानपुर गाविसलाई मिलाएर बनाइएको बेलकोटगढीमा भूगोल ज्यादै विकट र आर्थिक जीवनस्तर न्यून रहेको छ।
२०७४ मा नेकपा एमालेले मेयर र माओवादीले उपमेयर जिते पनि खासै उल्लेखनीय प्रगतिको खाकासम्म नकोरेकाले गर्दा जनता नयाँ र केही भिजन भएको नेताको खोजीमा छन्।
नेपाली काँग्रेसको आंतरिक द्वन्द र गुट गत स्वार्थले गर्दा धेरै वडा र समग्र नगरमा हार बेहोर्नु परेको तितो यर्थाथ आम जनतामा छ। बेलकोटकोटमा कांग्रेसलाई निल हुन लामाको वडाले भने विजयी हासिल गरेको थियो।
यसै चुनावी सन्दर्भमा २६ ठाउँ मा गरीएको सर्वेक्षण तथ्याङ्कको आधारमा स्थानिय नेतृत्व सबैखालका विषय लाई मध्यनजर गरी उम्मेदवार छनौट गरिएमा जीत निश्चित हुने भूगोलको चाहना रहेको देखिन्छ।
लामो समयदेखि नुवाकोटवाट राजनितीक गर्दै बलियो पृष्ठभूमी बनाएका लामा एक जागरुक युवा उम्मेदार हुन्।
युवादेखि वृद्धासम्म चर्चित लामा उम्मेरदारीको हिसाबमा शैक्षिक क्षेत्रमा अगाडि रहेका छन् । जनसंख्या र राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेको उनि अहिले पिएचडीको तयारीमा रहेका छन् । विश्वको करिब २० भन्दा बढि देशको विकासको मोडलमा प्रत्यक्ष सहभागि रहेका छन्।
अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, भारत, चीन, हङकङ, ब्रुनेइ, मलेसिया, सिंगापुर, युरोप दक्षिण कोरिया,जापान, इण्डोनेशिया, माल्दिभ्स, टर्की, रसिया आदी देशहरुको भ्रमण गरेको लामाको ती देशहरुको राजनीतिक अनुभव रहेको छ । लामा नुवाकोटका संस्थापन पक्षका नेता हुन्।
-२०४६ साल बाट विद्यार्थी आन्दोलनमा लागेका लामा च्वाडिपब्लिक स्कूल बाट नेवि संघको राजनीति सुरु
-महेन्द्ररत्न क्याम्पस ताहाचल २०५५ (स्ववियु सदस्य)
-महेन्द्ररत्न क्याम्पस ताहाचल नेविसंघ ईकाई अध्यक्ष (२०५७)
– २०५७ साल मा स्ववियु निर्वाचनमा सहभागी(प्रत्यासी), कम्युनिस्ट एक छत्र राज गरेका क्याम्पस महेन्द्र रत्न क्याम्पस मा झिनो मतले पराजित !
-एकाई अध्यक्ष नेविसंघ केन्द्रिय विभाग २०५८
– २०५८ मा नेविसंघ केन्द्रीय खेलकुद विभागको सदस्य
-२०६० सालमा नेवि संघ महेन्द्र रत्न क्याम्पसको अध्यक्ष
-२०६५ सालमा नेवि संघ नुवाकोटका अध्यक्षका प्रत्यासी, झिनो मतबाट पराजित
-पूर्व सहसचिव नेपाली कांग्रेस जिल्लाकार्य समिति नुवाकोट
-लोकतान्त्रीक खेलकुद संघ केन्द्रिय सदस्य
हाल बिपी कोइराला खेलकुद प्रतिष्ठान का केन्द्रिय अध्यक्ष र नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि
लामा यी अलावा खेलकुद क्षेत्रमा पनि धेरै लागिपरेका छन् जसमा धेरै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्ति हुन् ।
उसु खेलका अन्तराष्ट्रिय निर्णयक, नेपाल उसु महासंघका केन्द्रीय उपाध्यक्ष र नेपाल नेटबल संघ का महासचिव हुँदै दक्षिण एसियाली उसु महासङ्घ का कोषध्यक्ष र नेटबलसंघका सचिव रहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।