add

दोहोरो अंकले बढ्यो नेप्से,परिसुचक २२६२ अंक पुग्दा २ अर्ब १२ करोडको कारोबार






ActPro Nepal

|

२४ चैत, २०७८

|
569

काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ ।

साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको ५४ लाख ४४ हजार ४३८ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

बुधवार १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज दुइ कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको छ भने हिमालयन पावर पार्टनरकाे शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ७.७१ र ६.६१ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढीनबिल बैंकको भएको छ । यस कम्पनीको ७ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी, प्राइम बैंक ६ करोड ७१ लाख र हिमालयन डिष्ट्रिलरीको ८ करोड १७ लाख बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.