add

चितवनमा प्रचण्डले भने– राजनीतिमा लचिलो हुन सिक्नुपर्छ






ActPro Nepal

|

२३ चैत, २०७८

|
967

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा लचिलो हुन सक्नुपर्ने बताएका छन्।

बुधबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले आशन्न स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भइसकेको भन्दै सबैले लचिलो हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘हामीले चुनावमा पनि गठबन्धन गरेर जाने निर्णय गरिसक्यौं। सबैले आफ्नो आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्छ।  त्याग गर्ने मानसकिता बनाउन सकियो भने असम्भव केही हुँदैन।’ देशलाई छिटोभन्दा छिटो समाजवाद उन्मुख राज्यतर्फ लैजान मिलेर जान आवश्यक रहेको उनको भनाइ थियो।

भरतपुरलाई आर्थिक समृद्धि र सामाजिक न्यायको मोडलका रुपमा अघि बढाउनुपर्ने उनले बताए। भरतपुर महानगरपालिकामा विकासको गति देखिएको दाबी गर्दै प्रचण्डले थपे, ‘मेयर, उपमेयर र अरु जनप्रतिनिधिले जुन विकासको लहर सृष्टि गर्नुभएको छ, महानगरपालिकालाई धन्यवाद।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.