काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भाजपा कार्यालय भ्रमणमा गएको तर्क गरेका छन् ।
तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसटँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा पुगेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले कांग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए ।
चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय कांग्रेस र भाजपासँग कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए । देउवा कांग्रेस सभापतिको रुपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ ।
खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । भ्रमणले मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भएको उनको भनाइ छ।
‘मैत्रीपूर्ण सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भयो,’ खड्काले भने, ‘कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पुर्याउने कुरामा प्रधानमन्त्री जोड दिनु भएको छ ।’ यस अघि प्रकाशित अन्य शिर्षक रहेको सामाग्री हटाइएको जानकारी गराइन्छ । सम्पादक
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।