add

प्रकृतिमा पैदल यात्रा गर्दै बालबालिका






ActPro Nepal

|

१८ चैत, २०७८

|
1092

काठमाडौँ । इन्टरनेशनल स्कूल, रातोपुल र काठमाडौँ हाइकिङ् ग्रुपको सहकार्यमा सरसफाई एवम् माटो जोगाऔँ अभियान, सिर्जनात्मक लेखन र बालबालिकालाई प्रकृतिसँग साक्षात्कार कार्यक्रमसहित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै तारेभिरसम्मको पैदल यात्रा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्टरनेशनल स्कूलमा अध्ययनरत कक्षा २, ३ र ४ का बालबालिका, स्कूलका शिक्षक, काठमाडौँ हाइकिङ् ग्रुपका तर्फबाट बालबालिकासहित नियमित पैदल यात्री, चारुमती स्काउटका प्रतिनिधि लगायत करीब ५० जनाको सहभागिता रहेको थियो ।

बालबालिकाको सिकाइलाई प्रकृतिसँग जोड्ने, प्रकृति संरक्षणमा बालबालिकालाई सहभागी गराउने  र वातावरण एवम् समुदायको अध्ययन नजिकबाट गराउने उद्देश्यले यो कार्यक्रम गरिएको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट सुरु भएको पैदल यात्रा पानीमुहान, नागीगुम्बा, तारेभिरको बाटो हुँदै सम्पन्न भएको थियो । 

बालबालिकाले अनुभवी पैदल यात्रीसँग ४–५ घण्टाको पैदल यात्रा पनि कसरी सहज हुन्छ भन्ने बारे अन्तरक्रिया गरे । घरबाटै तयार पारेर ल्याइएको स्वस्थकर खाजासहित यात्रा अघि बढेको थियो । ठाउँठाउँमा रुखसँग मित्रता गाँस्ने, प्रकृतिमै बसेर पढ्ने, लेख्ने र यात्रा गर्ने क्रम रोमाञ्चक थियो ।


पहिलोपल्ट पैदल यात्रामा निस्केको, पहिलोपल्ट लालीगुराँस लगायत बोटविरुवा चिनेको जस्ता अनुभव स्मरणीय थिए ।


तारेभिरमा पुगेर सबैको सहभागितामा सरसफाई कार्यक्रम र रमाइलो सामुहिक खेलसँगै काठमाडौँ हाइकिङ् ग्रुपका सहभागीलाई विदाई गर्दै इन्टरनेशनल स्कूलका विद्यार्थी एवम् अन्य सहभागी सोही स्थलमा शिविर खडा गरी रात्रिकालीन समय बिताउँदै भोलिपल्ट स्काउट क्रियाकलाप र लेखन कार्यशाला सम्पन्न गर्दै घर फर्किए ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.