काठमाडौं । नेकपा एमालेको स्थानीय तहबाट बनाउने निर्वाचन प्रतिवद्धता पत्रको ढाँचा एउटै हुने भएको छ ।
केन्द्रबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिवद्धता पत्र दुईवटा बनाउने निर्णय गरेको एमालेले बिगतमा गरेका काम कारवाही उल्लेख गर्न निर्देशन दिएको छ ।
‘स्थानीय तहको प्रतिवद्धता पत्र देशैभरी एउटै ढाँचामा हुनेछ,’ एमालेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, स्थानीय तहमा पाँच वर्षको कामको संक्षिप्त समिक्षा गर्दै केन्द्र, प्रदेश र पालिका सरकारबाट गरिएका काम र प्राप्त उपलब्धिलाई उल्लेख गर्नुपर्नेछ ।’
स्थानीय तहको प्रतिवद्धता पत्र निमार्ण गर्दा विज्ञहरूसँग छलफल गर्न समेत एमालेले निर्देशन दिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।