मस्को । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ ।
दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ ।
‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने । उनले अगाडि थपे, ‘यो महत्वपूर्ण छ कि दुबै पक्षहरू एकसाथ आउँछन् र स्थायी युद्धविराममा सहमत हुन्छन् ।’ सो वार्तामा टर्की मध्यथता गर्न इच्छुक रहेको उनले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।