काठमाडौं । साताको कारोबारको चौथो दिन शेयर बजार उच्च अंकले बढेको छ ।
कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३२ कम्पनीको २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच भएका छन् ।
मंगलबार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँ बराबरको भएको थियो ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै ४.१२ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स र विकास बैंक समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज करोबारमा आएको २३२ कम्पनीमध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।यसको ११ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, प्रभु इन्स्योरेन्सको प्रमोटर सेयर पौने ११ करोड र नबिल बैंक १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र सामलिङ पावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, युनाइटेड इदी मर्दी ६.४९, तेह्रथुम पावर ६.४४, सिन्धु विकास बैंक ६.३८, कर्णाली विकास बैंक ६.१७, सप्तकोशी विकास बैंक ६.०७ र गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य ६.०१ प्रतिशतले बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।