add

राप्रपामा केन्द्रीय कार्यसम्पादन समिति गठन.को-को परे ? (सूचीसहित)






ActPro Nepal

|

१४ चैत, २०७८

|
1146

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

पार्टीको हाइकमाण्डकारुपमा गठित समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीदेखि दिपक बोहोरासम्मका नताहरु समेटिएका छन् ।

कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् ।

यस्तै, महामन्त्रीहरू डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् ।

केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार कार्यसम्पादन समितिमा रहेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.