add

निर्वाचन आयोग एमालेविरुद्ध सत्ता गठबन्धनसँग सेटिङ्गमा रहेको ओलीको आशंका,दिए ३ प्रमाण






ActPro Nepal

|

१३ चैत, २०७८

|
1376

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँचदलीय सत्ता गठबन्धनबीच सेटिङको आशंका गरेका छन् ।

स्थायी कमिटीको आइतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै उनले दुईबीच सेटिङ भएको आशंका आफूलाई लगाएको बताएका छन् ।

त्यो सेटिङ एमालेविरुद्ध लक्षित रहेको संकेत अध्यक्ष ओलीले गरे । निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप पनि उनले लगाए ।

ओलीले दिएका ३ प्रमाण :

१. निर्वाचन आयोगले मतपत्रको रङ बदल्ने काम गर्यो । बदलेर कांग्रेसको चुनाव चिन्ह रुखसँग मिल्ने हरियो रङ राख्यो।

२. उम्मेदवारी मनोनयन दुई दिन गर्ने नियम बनाइएको छ ।

३. एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्नेजस्ता क्रियाकलाप भए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.