काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।
नेपाल दूरसञ्चार कम्पनीले चैत ११ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार २२० दशमलव ८३ तोकेको छ । कम्पनीको बिहीवार रू. १ हजार ४६५ मा अन्तिम कारोबार भएको छ ।
नेपाल दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।