add

अमेरिकाबाट कूटनीतिज्ञ निष्काशन गर्ने रुसको चेतावनी






ActPro Nepal

|

१० चैत, २०७८

|
700

काठमाडौं । अमेरिकाले १२ रुसी कूटनीतिज्ञलाई हटाउने निर्णय गरेपछि रुसले बदलास्वरूप धेरै अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्नो देशबाट निष्कासन गर्ने बताएको छ । गत महिना, अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण न्युयोर्कस्थित संयुक्त राष्ट्र नियोगबाट रुसी कूटनीतिज्ञहरूलाई निष्कासन गरेको थियो ।

र पछि अमेरिकाले संयुक्त राष्ट्रमा एक अतिरिक्त रुसी कूटनीतिज्ञलाई जासूस भएको दाबी गर्दै निष्कासन गर्यो । सोमबार, रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानलाई बोलाइएर रुसी विदेश मन्त्रालयले राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई  ‘युद्ध अपराधी’ भनेर बोलाएकोमा विरोध गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुसी विदेश मन्त्रालयबाट मार्च २३ मा पर्सोना नन ग्रेटा घाेषित कूटनीतिज्ञहरूको सूची प्राप्त गरेकाे पुष्टि गरे । पर्साेना नन ग्रेटाकाे अर्थ ‘रूसमा स्वागत छैन’ भन्ने हाे ।

यो आदेशबाट कति अमेरिकी कूटनीतिज्ञहरू प्रभावित हुनेछन् र उनीहरूलाई रुसबाट कहिले निष्कासन गरिनेछ भन्ने स्पष्ट छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.