काठमाडौँ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
यो साता उकालो लागिरहेको बजार कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ बराबरको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये २ हरियो भएको छ । भने ११ वटा घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआइसी एशिया बैकको शेयर धेरै किनबेच भएको छ ।
यस कम्पनीको ८ करोड ४१ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा जीवन विकास लघुवित्तको कारोबार भएको छ । यसको ८ करोड ४० भन्दा बढीको कारोबार भएको छ ।
तेस्रोमा अरुण भ्याली कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड १७ लाख भन्दा बढीको कारोबार भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।