add

व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन






ActPro Nepal

|

८ चैत, २०७८

|
1123

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास सस्या समाधान समितिको बैठकमा निर्देशन दिंदै प्रधानमन्त्रीले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन गरेका हुन् ।

‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरूले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्’, प्रधानमन्त्रीले बैठकमा निर्देशन गरे ।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि निर्देशन गरेका हुन् । उनले स्वदेशी उत्पानलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरूले नीति तय गर्न पनि निर्देशन गरेका हुन् । 

प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन पनि निर्देशन गरेका छन् ।

‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’

उक्त समीक्षा कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरू पनि सहभागी थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.