add

सिलाइ सामग्री खरिदमा भन्सार छुट दिन पहल गर्छु : मन्त्री आले






ActPro Nepal

|

८ चैत, २०७८

|
1049

काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रधानमन्त्री र अर्थमन्त्रीसँग सिलाइ सामग्री खरिदमा भन्सार छुट दिने कुरा गर्ने आश्वासन दिएका छन्।

नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि पहल गर्ने आश्वासन दिएका हुन्।

सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताए। उनले भने, ‘पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ।’ मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका लागि आफूले पहल गर्नेसमेत जानकारी गराए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.