काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा ६ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार २ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै यसदिन तेपावी सुन प्रतितोला ९८ हजार ७ सय रूपैयाँ निर्धारण गरिएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँका कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३८५ रूपैयाँमा कारोबार भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।