add

गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन : कांग्रेस प्रवक्ता महत






ActPro Nepal

|

६ चैत, २०७८

|
1116

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउँछ त्यसमा भरपर्छ । विनविन पोजिसनमा हुन सक्छ ।'

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए ।  

उनले नेपाली कांग्रेसका कार्यकर्ता अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा अल्झन नहुने पनि बताए । 

'गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छैन । हामी सत्यमा, कानुनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी हो । हामीलाई विश्वास गर्नुस् भन्ने हो । कांग्रेसका प्रति गुनासो भए, विकासका समस्या भए भन्नुस् भन्ने हो,' उनले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.