शिक्षक सेवाको परीक्षा दिन प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  शिक्षक सेवा आयोगले  विभिन्न तहका शिक्षक पदको लागि परीक्षा चैत १५, १७, १९ र २१ गते परीक्षा सञ्चालन गर्दैछ । परीक्षा दिन जाँदा प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र अनिवार्य गरेको छ । 

आयोगले शुक्रवार सूचना जारी गर्दै उम्मेद्वारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेद्वारको परिचय विवरणमा केही अस्पष्टता देखिएको गुनासो आएकोले सबै परीक्षार्थीलाई प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरेको जनाएको छ । 

आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२, निम्न माध्यामिक तहमा एक हजार ९१३ र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खोलेको छ । 

मावि तहको परीक्षा १५ गते, निम्न माध्यामिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।