add

इन्जिनियर्स एसोसिएसन निर्वाचन : पाँच प्रदेशको परिणाम आउँदा लोकतान्त्रिक समूह अगाडि






ActPro Nepal

|

२९ फागुन, २०७८

|
840

काठमाडौं । नेपाल इन्जिनियर एसोसिएसन (नेइए)को निर्वाचनअन्तर्गत अहिले मतगणना भइरहेको छ । ललितपुरको पुल्चोकस्थित एक भवनमा मतगणना भइरहेको छ ।

आइतबार बिहानैदेखि सुरु भएको मतगणना बेलुकासम्म सकिने भएको छ । एसोसिएसनको नयाँ कार्यसमितिका लागि शुक्रबार मतदान भएको थियो ।

नेपाल इन्जिनियर एसोसिएसनको अध्यक्ष पदका लागि पाँचजनाबीच प्रतिस्पर्धा भएको छ । लोकतान्त्रिक समूहबाट डा.हरिबहादुर दर्लामी, प्रगतिशील समूहबाट डा.सुरज लामिछाने, एकीकृत समाजवादी वाम गठबन्धनबाट डा.हरेराम पराजुली र नेपाल इन्जिनियर्स समाजबाट राजेन्द्रप्रसाद हाडा अध्यक्षका लागि चुनावी मैदानमा छन् । दिलीपकुमार झा अध्यक्षका स्वतन्त्र उम्मेदवार छन् ।

नेपाल इन्जिनियर एसोसिएसनमा कुल साढे २१ हजार मतदाता रहेकोमा करिब साढे १० हजार मात्रै मत खसेको लोकतान्त्रिक समूहबाट उपाध्यक्षका उम्मेदवार डा.नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब २५ प्रतिशत मत गन्दा लोकतान्त्रिक समूह अगाडि छ । हालसम्म नतिजा आएका सबै प्रदेशतर्फको नेतृत्वमा लोकतान्त्रिक समूह विजयी भएको छ । सात प्रदेशमध्ये पाँचवटाको नतिजा आएको छ । दुईवटा प्रदेशको मतगणना जारी रहेको  लोकतान्त्रिक समूहको तर्फबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले न्युज कारखानालाई जानकारी दिए ।

‘नेपाल इन्जिनियर एसोसिएसनको प्रदेश १ को अध्यक्षमा जयनाथ यादव, गण्डकी प्रदेशको अध्यक्षमा विजेन्द्र केसी, लुम्बिनी प्रदेशको अध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णाली प्रदेशको अध्यक्षमा हरि केसी र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदमराज पन्त निर्वाचित भएका छन् । विजयी सबै लोकतान्त्रिक समुहका हुन्,’ उनले भने । मतगणना जारी रहेका अन्य दुई प्रदेशमा पनि लोकतान्त्रिक समूह नै अगाडि रहेको केन्द्रीय समिति सदस्यकी उम्मेदवार विद्या बरालले जानकारी दिइन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.