add

झापाबाट मोटरसाईकल चोरीमा संग्लग्न ६ जना पक्राउ






ActPro Nepal

|

२६ फागुन, २०७८

|
745

झापा । झापा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा मंगलबार झापाबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.७ का २१ वर्षीय प्रकाश सहनी छन्। उनले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँ सम्म पुर्‍याउने काम गर्दै आएका थिए। 

यस्तै भद्रपुर ७ कै  २४ वर्षीय  प्रकाश दर्जी पनि  छन्। उनले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँ सम्म पुर्‍याउने भूमिका नै निभाउँदै आएका थिए। 

विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँसम्म पुर्‍याउने अभियोगमा नै पक्राउ परेका अर्का व्यक्ति हुन् दीपक उराउ। २१ वर्षीय उनी पनि भद्रपुर-७ कै बासिन्दा हुन्। प्रकाशद्वय र दीपककै भूमिका निभाउने २२ वर्षीय दिपेश राजवंशी पनि पक्राउ परेका छन्। दीपेश पनि भद्रपुर-७ कै हुन्। 

३० वर्षीय बिर्ख लिम्बू जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.१ का बासिन्दा हुन्। उनले भने विभिन्न स्थानबाट चोरी गरी ल्याएको  मोटरसाइकल अन्य ब्याक्तिलाई मुल्य निर्धारण गरी बिक्रिवितरण गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।

देश भारत किसनगंज बिरखोर घर भईएका १९  वर्षीय मोहम्मद समिम हाल झापा भद्रपुर नगरपालिका वडा नं.६ समिम ग्यारेज सञ्चालन गरी बस्दै आएका थिए। गिरोहमा उनको भूमिका भने विभिन्न स्थानबाट चोरी गरी ल्याएको मोटरसाइकलको पाटपुर्जा, नम्बर प्लेट परिवर्तन गरी अन्य व्यक्तिलाई मूल्य निर्धारण गरी बिक्रि बितरण गर्ने थियो। उनीहरू सबै फागुन २३ गते पक्राउ परेका हुन्।

भिन्न स्थानबाट चोरी गरी बिक्री गर्न लागिएका ७ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।  

कसरी पक्राउ गरियो?

झापा जिल्ला अन्तर्गत बिभिन्न स्थानहरुबाट मोटरसाइकल चोरीको घटना बढेको र सवारीधनीहरुले  प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आशंका लागेकाहरूमाथि निगरानी बढाइरहेको थियो। 

२१ वर्षीय प्रकाश सहनीले मोटरसाइकल चोरी गरी बिक्री बितरण गरेको सूचना प्रहरीसम्म पुगेको थियव। सहनीलाई प्रहरीले पिछा गरिरहेको  थियो। फागुन २३ गते दिउसो विर्तामोडस्थित एभरेस्ट बैंकको शाखा कार्यालयको कम्पाउन्डमा सहनी पुगे। सहनीमा पार्किङ राखेको लु.८३ प. ३५५४ नम्बरको २ सय सीसीको पल्सर मोटरसाईकल चोरी गरे। यसपछि उनी भाग्दै थिए। भाग्दाभाग्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। 

उनीमाथि थप सोधपुछ गर्दा निजले विभिन्न मिति र स्थानबाट जम्मा ७ वटा मोटरसाइकलहरु चोरी गरेको खुलाएका थिए। यसमा संलग्नको विवरण समेत उनैले खुलाएका हुन्। 

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी कसुरमा मुद्दा दायर गरिने प्रहरीको भनाइ छ। बिहीबार प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट ७ दिनको म्याद पाएको छ। 

बरामद भएका मोटरसाईकलहरु :-

१.   इन्जिन नं.:-JLXCMH91988 र चेसिस नं.MD2A36FXXMCH95093 भएको लु. ८३ प. ३५३४ नम्बरको NS 200 पल्सर मोटरसाईकल । 

२. इन्जिन नं. JLXCMM25205 र चेसिस नं. MD2A36FXXMCM81344 ) प्र.२-०३-०१४ प. ७२७५ नम्बरको NS200 पल्सर मोटरसाईकल ।

३. इन्जिन नं.DKYCJD55085 र चेसिस नं. MD2A13EY3JCD55159 उल्लेख भएको प्र.१-१-०१-०१३प.८९७७ नम्बरको 220 सिसि को पल्सर मोटरसाईकल ।

४. इन्जिन नं. OR1HG2009122 र चेसिस नं. MD637AR14G2HO9258 भएको मे.९ प.१४१५ नम्बरको 200 अपाची मोटरसाईकल ।

५. इन्जिन नं. DKXCML62519 र चेसिस नं.MD2A13EXXMCL80794 उल्लेख भएको मे.१२ प. १४१८ नम्बरको पल्सर मोटरसाईकल ।

६. इन्जिन नं.JA05EGL9L00119 र चेचिस नं.MBLJAW091L9L00097 उल्लेख भएको बा ९३ प ४८१६ न.को रातो कालो सुपर एक्प्लेन्डर मोटरसाइकल 

७. ७.इन्जिन नं.DKYCLL67597 र चेचिस नं.MD2A13EY4LCL81303 उल्लेख भएको प्रदेश १-०१-०१४ प २४२५ न.को कालो रङको 220 CC को पल्सर मोटरसाइकल





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.