add

रुस र युक्रेनका विदेशमन्त्रीबीच आज वार्ता हुँदै






ActPro Nepal

|

२६ फागुन, २०७८

|
937

काठमाडौं। रुस र युक्रेनका विदेशमन्त्रीबीच आज टर्कीमा भेटवार्ता हुने भएको छ। रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी समकक्षी डिमित्रो कुलेबाबीच भेटवार्ता तय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेयता दुई देशका विदेशमन्त्रीबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो। टर्कीका विदेशमन्त्री मेभ्लुत काभुसोग्लुको प्रस्तावमा वार्ता हुन लागेको हो।

रुस र युक्रेनबीच आज बिहीबार चौधौं दिन पनि युद्ध जारी छ। युक्रेनको राजधानी किएभमा कब्जा गर्ने रुसी सेनाको प्रयास सफल भइरहेको छैन। रुसी र युक्रेनी सेना एकआपसमा लडिरहेका छन्।

रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ। युक्रेनको राजधानी किएभबाट केही किलोमिटरको दूरीमा रुसी सेना बसेको छ र राजधानी सहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन्।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै दिनदेखि रुसको तीव्र हवाई प्रहारको केन्द्रबिन्दु बनेको छ र त्यस सहरको केन्द्रलाई नराम्ररी क्षति पुगेको छ।

किएभ र वरपरको क्षेत्रमा आज पनि विस्फोटन भएको सुनिएको विवरणहरू प्राप्त भएका छन्। किएभमा फेरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.