add

हेराल्ड कलेजमा आइएमबीए कोर्ष शुरु






ActPro Nepal

|

२३ फागुन, २०७८

|
1213

काठमाडौं । बेलायतस्थित उल्भरह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौंले इन्टरनेशनल एमबीए (आइएमबीए) कोर्ष शुरु गरेको छ ।

सो कलेजले पहिलो ब्याचको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । पहिलो ब्याचमा १ सय २६ जना विद्यार्थी अध्ययन गर्नेछन् ।

दुईवर्षे यो कोर्ष पुर्ण रुपमा प्रयोगात्मक र ब्यावहारिक सिकाइमा आधारित हुनेछ ।

यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले विभिन्न प्रकारका अन्तरक्रिया छलफल र प्रयोगात्मक अभ्याससंगै विभिन्न संघ–संस्थामा गएर कामको अनुभव साटासाट गर्न पाउने छन् ।

उल्भरह्याम्टन विश्वविद्यालयले हेराल्ड कलेज काठमाडौमा नेपालमा सो कोर्षको पढाई शुरुगर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।

विश्वविद्यालयका अधिकारीले भने–नेपाली विद्यार्थीका लागि यो विषय नेपालमै बसेर अन्तरराष्ट्रियको अध्ययन गर्ने अवसर हो ।

आइएनजी ग्रुपले लामो समयदेखि बेलायतको विश्वविद्यालबाट सम्बन्धन प्राप्त विभिन्न कोर्षहरु नेपालमा प्रदान गरिरहेको छ ।

यसले बेलायत र नेपालबीचको शैक्षिक र प्राज्ञिक सम्बन्धमा थप मजबुत बनाउन सहयोग पुयाउने विश्वास गर्दछ ।

‘अभिमुखीकरण कार्यक्रममा हेराल्ड कलेज काठमाडौले प्रदान गर्ने शैक्षिक गुणस्तरीयता र व्यवसायीक विकासबारे प्रकाश पारिएको थियो ।

‘यस कार्यक्रमले प्रयोगात्मक पाठ्यक्रममा रहेर अन्तक्रिया र गतिबिधि केन्द्रीत शैक्षिक पद्धती अबलम्बन गर्नेछ’– आइएनजी ग्रुपका प्रबन्ध निर्देशक रवि फुयाँलले भने ।

प्रमुख अतिथिको रुपमा बोल्दै उनले कलेजले शुरुवात गरेको यो विषय सायद नेपालमा नौलो र पुर्ण रुपमा प्रयोगात्मक रहेको बताए ।

सन् १८३५ मा बेलायतमा स्थापना भएको उल्भरह्याम्टन विश्वविद्यालयले नेपालको गुणस्तरीय शिक्षाको अपेक्षा सहित सन् २०१६ मा हेराल्ड कलेज काठमाडौलाई सम्बन्धन दिएको थियो ।

कलेजमा अभिमुखीकरण संगै आइएनजी ग्रुपका कलेज र संस्थाका प्रमुख कार्यकारी अधिकृत भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बिराटनगर इन्टरनेशनल कलेजका सीइओ डा. ऋषीकेश वाग्ले, आइएनजी स्किल एकेडेमीका सिइयो निखिल श्रेष्ठ, इन्फरमेटिक्स कलेज पोखराका सिइयो अभिनभ दाहाल, आइएनजी फुडका सिइयो सगुन शर्मा, हेराल्ड कलेज काठमाडौंका सिीइओ प्रकाश श्रेष्ठ, भैरब टेक्नोलोजीका सिइओ विजय लिम्बु सेनिहाङग आ–आफ्नो कलेज र संस्थाको बारेमा बारेमा अनुभव साटासाट गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.