add

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची






ActPro Nepal

|

२२ फागुन, २०७८

|
770

काठमाडौं। आज दिउसो संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।

संघीय संसद सचिवायलका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७–०७८ पेस गर्ने कार्यतालिका छ ।  

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भाविता कार्यसूचीमा प्रतिवेदन पेश गर्ने मात्रै उल्लेख छ। त्यसअघि बस्ने प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक थप कार्यसूची तय गर्न सकिने जनाइएको छ।

अघिल्लो बैठकबाट बाहिरिने क्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका थिए।

फागुन १ गते सत्तारुढ दलका सांसदले प्रधान्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदका् हस्ताक्षर रहेको छ।

त्यसमा अझै छलफल हुन सकेको छैन। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विवादका कारण महाअभियोग प्रस्ताव ओझेलमा परेको थियो। एमसीसी सम्झौता फागुन १५ गते अनुमोदन भइसकेको छ।

त्यस्तै आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.