add

निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा






ActPro Nepal

|

२१ फागुन, २०७८

|
1041

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले  संघीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले भने,‘ जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ ।’

राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहीतका लागि उनीहरुलाई लगाउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले प्रभावकारी ढङ्गले काम गर्न कर्मचारीलाई आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले ट्रेड युनियनको अधिकारलाई संविधानले स्पष्ट व्याख्या गरेको बताउँदै युनियनलाई व्यवस्थित र परिमार्जन गर्दै लैजानको लागि सरकारको पूर्ण समर्थन रहने उल्लेख गरे । निजामती कर्मचारीले सरकारको नीति र योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै लैजानुपर्ने उनको भनाइ छ ।

सरकारलाई सफल बनाउने जिम्मा निजामती कर्मचारी भएको र  लोकतान्त्रिक मुलुकमा निजामती सेवाको महत्वपूर्ण भूमिका रहने पनि प्रधानमन्त्री देउवाले बताए । उनले भने,‘निजामती कर्मचारी कानूनप्रति इमान्दार, बफादार, अब्बल र अनुशासित हुनुपर्छ ।’

सरकार र जनताबीच निजामती कर्मचारीले पुलको काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.