add

सुनको भाउ तोलाको एक लाख नजिक,कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

२० फागुन, २०७८

|
609

काठमाडौं । सुनको  भाउ तोलाको एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँका दरले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । छापावाल सुन बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो ।

तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.