add

धनगढी उपमहानरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा






ActPro Nepal

|

१९ फागुन, २०७८

|
940

काठमाडौं । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सबैले चिन्ने सहर बनाउन चाहेको बताए ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजयी भए कुनै पनि सेवासुविधा नलग्ने घोषणा पनि गरेका छन् । सवारीसाधन आफ्नै चलाउने र इन्धन खर्चसमेत नलग्ने बताएका उनले मेयरका लागि दिइने अन्य सुविधा पनि नलग्ने बताए ।

उनले भने, ‘मलाई कुनै प्रलोभन छैन । मेरो स्वार्थ भनेको धनगढीलाई नमुना मोडल बनाउने हो ।’ २०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए । तर उनी नेपाली कांग्रेसका उम्मेदवार  नृपबहादुर वडसँग २८ सय मतले पराजित भएका थिए ।

मेयरमा विजयी भएका वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याएकमा थिए । चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले तीन दिनअघि सो पार्टीबाट राजीनामा दिएका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.