add

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी






ActPro Nepal

|

१९ फागुन, २०७८

|
759

काठमाडौं । एमसिसी संसदबाट अनुमोदन भएपछि सत्तागठबन्धनको पहिलो बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान  साढे १० बजेपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। 

बैठकमा सत्ताधारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

पौडेल सरकार सञ्चालन संयन्त्रका संयोजक पनि हुन् । एमसीसी अनुमोदन भइसकेपछिको सत्ता गठबन्धनको बैठकमा पौडेल पनि सहभागी भएका हुन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.