काठमाडौं । प्रतिनिधिसभाको अर्काे बैठक फागुन २२ (आइतबार) गते बस्ने भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले फागुण २२ गते पुनःप्रतिनिधि सभाको बैठक बस्ने जानकारी दिँदै आजको प्रतिनिधिसभा बैठक सकिएको जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।