काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनमात्रै अमेरिकी परियोजना एमसिसीबारे विवाद झिकिएको जनाएको छ । एमसिसीबारे आफ्नो १२ बुँदे धारणा राख्दै एमालेले यस्तो बताएको हो ।
‘एउटा तथ्यमा हामी सबै स्पष्ट हुनुपर्छ, एमसिसीसम्बन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो । गलत मनशायमा आधारित त्यस ‘अभियान’ले झण्डै तीन वर्षदेखि नेपाली जनमानसलाई अनावश्यक ढङ्गले गिजोल्यो, विभाजित ग¥यो’, एमालेले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कुत्सित स्वार्थपूर्तिको लागि चलाइएको अफवाह र हल्लैहल्लामा सिर्जना गरिएको कृत्रिम विवादमार्फत् नेपाली–नेपालकाबीच एकापसमा अविश्वासको अकल्पनीय खाडल खडा गरेको एमालेको भनाइ छ ।
‘एमसिसी विवाद यसरी उछालियो कि त्यसले नेपाल राष्ट्रको सामथ्र्यलाई उपेक्षा ग¥यो र नेपाली स्वाभिमानको समेत तेजोबध ग¥यो । मुलुकलाई माया गर्ने र विकास तथा समृद्धिको सपना बोकेका नेताप्रति द्वेषपूर्ण अभिव्यक्तिको लागि सिङ्गो समाजलाई उकास्यो’, विज्ञप्तिमा उल्लेख छ, ‘कुत्सित स्वार्थपूर्तिको लागि चलाइएको अफवाह र हल्लैहल्लामा सिर्जना गरिएको कृत्रिम विवादमार्फत् नेपाली–नेपालकाबीच एकापसमा अविश्वासको अकल्पनीय खाडल खडा ग¥यो ।’
यस्तो छ पूर्णपाठ :
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।