add

बोटको उच्च स्तरीय उत्पादन नेपालमा






ActPro Nepal

|

१६ फागुन, २०७८

|
1114

काठमाडौं । भारतको वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसंगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउनेछन् ।

इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले भने, ‘हाम्रा उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा हामाी अत्यन्तै उत्साहित छौं । हाम्रो उद्धेश्य सम्पूर्ण युवा उपभोक्ताहरुलाई उनीहरुको चाहना अनुरुपको अडियो सोल्युसन प्रदान गर्ने हो । हाम्रो ब्रान्डलाई विश्वभरीका उपभोक्ताहरुमाझ पुर्याउन हामी सधैंँ प्रयासरत छौँ र यो हाम्रो लागि महत्वपूर्ण कदम हो ।’

बोटको लागि नयाँ बजारमा प्रवेश गर्नु महत्वपूर्ण कोसेढुङ्गा हो । इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्स मार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान,विकास, र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठुलो लगानी गरेको छ । कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जलानले भने, ‘बोटले वर्षौंदेखि स्टाइलिश र राम्रो काम गर्ने उच्च–गुणस्तरीय अडियो उपकरणहरू मार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको छ । यो साझेदारी मार्फत हामीले नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.