काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि सत्ता गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीका नेताहरुको सहभागी रहनेछ । प्रतिनिधिसभको बैठक बस्नुअघि गठबन्धनको बैठक बस्न लागेको हो । आज दिउँसो एक बजे प्रतिनिधि सभको बैठक बस्दैछ। बैठकमा एमसीसी अनुमोदन गर्ने बिषयमा छलफल शुरु गर्ने कार्यसूची रहेको छ । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।