add

प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा सेनाका धावक बस्नेत प्रथम






ActPro Nepal

|

१४ फागुन, २०७८

|
927

काठमाडौं । यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्रगतिका धावकको सूचिमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् ।

सेना दिवसका अवसरमा आज आयोजित ४२.१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी प्रथम घोषित भएका हुन् । प्रथम भएबापत बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वल्र्ड च्याम्पियनशीपमा भाग लिने अवसरसमेत प्राप्त गरे ।

प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भए । उनीहरुलाई क्रमशः रु दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगिताअन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय भए । उनीहरुलाई क्रमशः रु ७५, ५० र ३५ हजार नगद पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम भइन् । राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय भए । प्रतियोगितमा प्रथम हुने श्रेष्ठलाई रु ७५ हजार नगद र स्कुटी प्रदान गरियो ।

विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीलगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा यसअघि म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिताको प्रधानसेनापति शर्माले उद्घाटन गरेका हुन् ।

सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथनका विजयी प्रतियोगिलाई पनि नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.