काठमाडौ । प्रतिनिधि सभाको बैठक १५ गते सम्मको लागि स्थगित गरीएको छ ।
शुत्रबार सुचना टाँसेर १५ गतेसम्मका लागि स्थगित भएको हो ।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेको हो।
कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए।
बिहीवारको बैठक पनि सरकारले नै आग्रह गरेर स्थगित गरिएको हो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।