काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि खुमलटार डाके पछि शिर्षनेताहरु खुमलटार पुगेका छन् ।
एमसीसी र सत्ता गठबन्धनबारे छलफल गर्न बैठक डाकिएको बुझिएको छ।
‘कांग्रेस जसरी पनि एमसीसी पारित गराइछाड्ने प्रयासमा रहेकाले हाम्रा मन्त्रीलाई फिर्ता बोलाइहाल्ने वा पर्खिने भन्ने विषयमा पनि साथीहरू बोलिरहनुभएको छ’ एक नेताले भने । यथास्थितिमा एमसीसीसँगको सम्झौतालाई समर्थन नगर्ने निर्णय गरेकाले माओवादी केन्द्र, कांग्रेससँग अलग्गिनुपर्ने दबाब प्रचण्डमाथि छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।