add

अमित अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति






ActPro Nepal

|

९ फागुन, २०७८

|
791

काठमाडौं । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

चेक बाउन्स मुद्दामा शनिबार पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंंका प्रमुख एएसपी सुदीप गिरीले जानकारी दिएका छन्। 

काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने अग्रवालविरुद्ध ६ महिना अगाडि चेक बाउन्सको जाहेरी परेको थियो। अग्रवालले दिएको ५० लाखको चेक बाउन्स भएको भन्दै एक व्यक्तिले प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा पक्राउ परेका अग्रवालविरुद्ध थप अनुसन्धान भइरहेको एसएसपी गिरीले जानकारी दिए। 

अग्रवाल विभिन्न बैंकहरुबाट ऋण लिएर सम्पर्कविहीन भएका थिए। करोडौं ऋण लिएर सम्पर्कविहीन भएपछि विभिन्न बैंकहरुले ग्रिनलाइन सेन्टरमा ताला लगाएका छन्। 

प्रहरीका अनुसार अग्रवालले  इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेघा बैंक, ग्लोबल आइएमइ बैंक लगायत विभिन्न बैंकहरुबाट घरजग्गा लगायतका सम्पत्ती धितो राखेर करोडौं ऋण लिएका थिए। 

ऋण लिएर सपरिवार भारत पुगेका अग्रवाल माघ २७ गते काठमाडौं फर्किएका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.